समाचारकक्ष
काठमाण्डौ, १२ पौष,
सेना समायोजन समितिमा आफ्नो २ सदस्य हुनु पर्ने अडान राख्दै समितिमा बस्न नमानेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समितिमा बस्ने भएको छ ।
शुक्रवार भएको प्रमुख ३ दलको बैठकमा नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेबीच तीनै दलका दर्ुइ दर्ुइ सदस्य राख्ने सहमति भएपछी कांग्रेस समितिमा बस्न सहमत भएको हो ।
कांग्रेस सेना समायोजनको विशेष समितिमा बस्न सहमत भएपछी अब सेना समायोजनको बाटो पनि खुलेको छ । यस अघि उप प्रधान तथा गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा सरकारले समिति गठन गरेको भएपनि कांग्रेसले आफूले पनि माओवादीकै सरह २ सदस्य पाउनु पर्ने भन्दै समितिमा बस्न नमानेपछी समितिले अहिलेसम्म काम थाल्न सकेको छैन ।
यसैगरी बैठकमा अनुगमन समिति गठनगरी घरजग्गा फिर्ता गर्ने प्रक्रिया अगाडी बढाउने सहमति भएको छ ।
नेपाली काँग्रेसले आफुले यसअघि राखेका नौ बुँदै माग पुरा गर्न जोड दिएपछी सत्ता साझेदार दर्ुइ दल माओवादी र एमालेले सबै दलको छलफलबाट निकास खोजिने बताएका छ न् ।
Friday, December 26, 2008
Subscribe to:
Posts (Atom)